पाल्पा बारे

 

 

नेपाल अधिराज्यका ७५ जिल्ला मध्ये विविध मनोरम प्राकृतिक वातावरणले भरिपूर्ण महाभारत पर्वत श्रृंखलामा पर्ने ऐतिहासिक, भौगोलिक, सामाजिक एवं पर्यटकीय क्षेत्रममा चर्चित जिल्ला मध्ये एक पाल्पा जिल्ला हो ।

यस पाल्पाको अस्तित्व इसाको पाँचौ शताव्दी रहेको कुरा इतिहासकार प्रो. जोसेफ टुचीको भनाई रहेको पाईन्छ । उहाँको मत अनुसार मड्डोलियन शव्द “वालवा” जसको अर्थ सीप, कला र कालीगढ हुन्छ त्यसैले सीप, कला र कालीगढको धनी यसको नाम “वालवा” वाट पाल्पा रहन गएको भन्ने भनाई छ भने केही भाषा शास्त्रीहरुका अनुसार “पाल” वंशका शासकहरुले शासन गरेको (पालन गरेको) क्षेत्र भएकोले यस जिल्लाको नाम पाल्पा रहन गएको भनाई छ ।

tansen bazaarसदरमुकाम:– जिल्लाको सदरमुकाम तानसेन श्रीनगर पर्वतको काखमा अवस्थित अति नै रमणीय पर्यटकीय एवं महत्वपूर्ण व्यापारिक केन्द्र पनि हो । धौलागिरी, अन्नपूर्ण, मनास्लु, गौरीशंकरजस्ता प्रसिद्ध हिमश्रृंखलाहरुको दृश्यावलोकनका साथै दक्षिणतर्फको माडीफााट र तराईको विशाल फााटको दृश्यावलोकन गर्न सकिने यो ठाउा मल्लकालीन र शाहकालीन वास्तुकलाबाट पनि सुशोभित छ ।

प्रसिद्ध अमरनारायण मन्दिर, तानसेन दरबार, शीतलपाटी, भगवती मन्दिर, आनन्द विहार, वीरेन्द्र फूलवारी आदि यस सहरका मुखय पर्यटकीय महत्वका सम्पदा हुन् । तानसेन पुरानो समयमा सेनवंशी शासकहरुको राजधानी समेत रहेको थियो । यो मनोरम र स्वस्थकर हावापानीका लागि पनि अनुपम रहेको छ तानसेन । मगरभाषाको तानसिंबाट नामाकरण भएको यो नगर ढाका र करुवाका लागि प्रसिद्ध रहेको छ ।shitalpati

पाल्पा जिल्लामा पर्ने पवित्र धार्मिक तथा ऐतिहासिक स्थल रिठीले गुल्मी र स्याङ्जा जिल्लालाइृ समेत समेटेको छ । कालीगण्डकी तटमा अवस्थित यो ठाउामा पाल्पाका राजा मुकुन्दसेनले निर्माण गरेको ऋषिकेशव मन्दिर रहेको छ । रुरु ऋषिले तपस्या गरेको यो ठाउालाइृ रुरु क्षेत्र पनि भनिन्छ । माघे संक्रान्तिका दिन यस ठाउामा ठूलो मेला लाग्दछ । यहाा नेपालका अतिरिक्त भारत, वर्मा र श्रीलंका समेतबाट हिन्दु धर्माबलम्वीहरु आउने गर्छन् । रिडीबाट आधाकोष दूरीमा और्व ऋषिको आश्रम र श्री ३ जुद्ध शमसेरले एकान्तवास बसेको ठाउा अर्धैली रहेको छ । ज्ञानको प्रचारप्रसार तथा धार्मिक महतवका हिसाबले रिडीलाइृ नेपालको वनारस पनि भनिन्छ ।tundikhel ma rheko birendra ko  shalik

भौगालिक स्थिति र सिमाना :–
नेपाल अधिराज्यको मानचित्रमा पाल्पा जिल्ला २७० ३४े उत्तरी अक्षांश देखि २७० ५७े उत्तरी अक्षांशसम्म र ८३० १५े पूर्वी देशान्तर देखि ८४० २२े पूर्वी देशान्तर सम्म फैलिएको छ । यस जिल्लाको क्षेत्रफल १३७३ वर्ग कि. मी. अर्थात १,३६,५९५ हेक्टर रहेको छ । यस जिल्लाको भू–भागहरु समुद्र सतहवाट करीव १५७ मीटर देखी १९३६ मीटर सम्मको उचाईमा अवस्थित छन् । यस जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रको लुम्विनी अञ्चलमा पर्ने एक पहाडी जिल्ला भएतापनि माडी, अर्गती, रामपुर, सर्देवा, कचल, हुगी आदि उर्वरायोग्य फाँट पनि पर्दछ । यस जिल्लाको सिमाना पूर्वमा तनहुँ र नवलपरासी, पश्चिमाञ्चल गुल्मी र अर्घाखाँची उत्तरमा स्याड्डजा र दक्षिणमा रुपन्देही र नवलपरासी जिल्ला पर्दछ ।

tansingal

 
भू–उपयोग :–
पाल्पा जिल्लाको कूल क्षेत्रफल १,३६,५९५ हेक्टर अर्थात १,३७३ वर्ग कि. मी मध्ये कूल खेती योग्य जमिन ४१,६८ प्रतिशत भएपनि हाल २६.७७ प्रतिशत जमिनमा मात्र खेती गरिएको पाइन्छ । जसमध्ये खेत ८,७५० हेक्टर र पाखो वारी २७,८१७ हेक्टर छ । वन जंगल ३९.४७ प्रतिशत, वुट्यान तथा सानो झाडी १२.६३ प्रतिशत चरन क्षेत्र ५.१२ प्रतिशत र अन्य ०.९२ प्रतिशत रहेको पाइन्छ ।
batase danda palpaहावापानी :–
हावापानीको दृष्टिकोणले वसोवास गर्न अत्यन्त राम्रो मानिने यस जिल्लाको यस जिल्लाको हावापानी विविध किसिमको पाईन्छ । धरातलीय स्वरुप अनुसार यहांको हावापानीलाई २ किसिमले वाड्न सकिन्छ ।
१. उष्ण हावापानी :– वेसी, खोच, तथा काली गण्डकीको तटीय क्षेत्रहरु ।
२. समशितोष्ण हावापानी :– पहाडी क्षेत्रहरुमा पाईन्छ । वार्षिक सालखाला वर्ष १,९०३ मि. मी. पर्दछ । जेष्ठ देखी भाद्रसम्म ८०० प्रतिशत वर्ष हुने र अन्य महिनामा २० प्रतिशत वर्षा हुन्छ । जाडोमा त्यती धेरै जाडो पनि नहुने र गर्मीमा त्यती वढी गर्मी पनि नहुने हुन्छ । त्यहांको अधिकतम तापक्रम २३० देखि न्यूनतम तापक्रम ३.४० सम्मको विचमा तापमान रहेको पाईन्छ ।
नदीनाला तथा ताल :–
काली गण्डकी यस जिल्लाको उत्तरी सीमानामा रहेको प्रमुख नदी हो । यसले पाल्पा र स्याड्डजा जिल्लालाई छुट्टयाएको छ । अन्य खोलाहरुमा तिनाउ, निस्दि, रिडी, पूर्वखोला, सर्दैवखोला, अगाहाखोला, वराड्डदीखोला, दोभान खोला आदी पर्दछन् । तानसेन देखी ३० कि. मी. दक्षिणमा पर्ने पहाडको टाकुरामा रहेको सत्यवतीताल धार्मिक दृष्टीकोणले पनि निकै प्रसिद्ध छ । अन्य तालहरुमा सीता कुण्ड, सुके, नन्दताल आदि छन् ।
laliguransवन जंगल तथा वन्यजन्तु :– 
यस जिल्लामा ७१,१७० हेक्टर जंगल क्षेत्र रहेको छ । सो मध्ये सामुदायिक वन ६०,८८६ हेक्टर र राष्ट्रिय वन १०,२८४ हेक्टर रहेको पाइन्छ । कूल क्षेत्रफल १,३६,५९५ हेक्टर रहेको यस जिल्लाको वनजंगलको क्षेत्रफल ५२ प्रतिशत रहेको पाईन्छ । यस जिल्लाको माथिल्लो भेगमा सल्ला, लालिगुरास, कटुस आदि पाइन्छ भने तल्लो भेगमा साल, साज, चिलाउने, चिउरी, खल्लुक आदि पाईन्छ । वन्यजन्तुमा चितुवा, वदेल, घोरल, वादर, खरायो, मृग, फ्याउरो, दुम्सी, स्याल र विभिन्न चराचुरुड्डीहरु पाईन्छ ।

भूमि आकारको वितरण :–
यस जिल्लामा भूमिको वितरणलाई हेर्दा २४८ कृषक परिवार जग्गा विहिन रहेका छन् । जग्गा भएका कृषक परिवार संख्या ३८,०८८ मध्ये ०.५ हेक्टर भन्दा कम जमिन हुने कृषक परिवार ३१.५ प्रतिशत, ०.१–२ हेक्टर जमिन हुने ३२.५८ प्रतिशकत १.–२. हेक्टर जमिन हुने २७.९८ प्रतिशत र २–४ हेक्टर जमिन हने ७.२८ प्रतिशत कृषक परिवार रहेको पाइन्छ ।
 
ridiसिंचाई :–
कूल खेती गरिएको भूमि ३६,५६७ हेक्टर मध्ये हालसम्म जम्मा ८,७५० हेक्टर भूमिमा मात्र सिंचाई सुविधा पुगेको छ । जस मध्ये ३,८७५ हेक्टर भूमि वाह्ै महिना र ४,८७५ हेक्टर भूमि वर्षातमा मात्र सिन्चित हुन्छ ।
 
जातजाती भाषा र धर्म :–magar ritiriwaj
यस जिल्लामा मगर समुदायको वाहुल्यता रहेको देखिन्छ । जनसंख्याको आधारमा ५०.९ प्रतिशत मगर, १९.३ प्रतिशत व्राह्मण र ८.०४ प्रतिशत क्षेत्री रहेको देखिन्छ । यसैगरी यस जिल्लामा वोलिने भाषाहरु मध्ये नेपाली ६१.४४ छ, मगर ३३.९४ छ, नेवारी २.५७ छ र अन्य भाषाहरु २.०५ वोलिन्छ । धर्मको आधारमा जनसंख्या विभाजन गर्दा ८८.८ प्रतिशत हिन्दु, ११.४ प्रतिशत वौद्ध, ०.३५ प्रतिशत मुस्लिम, ०.१५ प्रतिशत ईसाक्षर्र ०.१ प्रतिशत अन्य धर्मावलम्वीहरु रहेका छन् ।

 
जातजाती विवरण
 
क्र. सं.
१०
जात
मगर
व्राह्मण
क्षेत्री
कामी
नेवार
सार्की
कुमाल
दमाई
ठकुरी
अन्य
प्रतिशत
५०.९
१९.३
८.०४
५.८२
३.६
२.५९
२.२३
१.९३
१.३७
३.८९
श्रोत: शाखा तथ्याड्ढ कार्यालय, पाल्पा
शैक्षिक स्थिति :–
पाल्पा जिल्ला शिक्षाको क्षेत्रमा अन्य पहाडी जिल्लाको तुलनामा अग्रस्थानमा रहेको छ । यहाका ६५.९ प्रतिशत मानिस साक्षर छन् जसमध्ये महिला ५७.५ र पुरुष ७५.९ प्रतिशत साक्षर रहेका छन् । त्रिभुवन वहुमुखी क्याम्पसमा प्रविणता प्रमाणपत्र तह देखि स्नातकोत्तर तह सम्मको पढाई हुन्छ ।
शैक्षिक स्थितिको विवरण
क्र. सं.
संस्थाको तह
संस्था
विद्यार्थी संख्या
कै.
सरकारी
अनुमति प्राप्त
निजी वोर्डिड्ड
जम्मा
कार्यरत शिक्षक
छात्र
छात्रा
जम्मा
प्राथमिक विद्यालय
३०८
३३
२०
३६१
१५९५
३२९१७
३१३४६
६४२६३
नि. मा. वि.
५७
२७
८९
३२२
१०५४३
९७४८
२०२९१
मा. वि.
३७
३७
७९
२४६
६४१०
४१३७
१०५४७
उच्च मा. वि.
१५
१९
४५४
३८७
८४१
जम्मा
४०२
११२
३४
५४८
२१६३
५०३२४
४५६१८
९४९४२
श्रोत: जिल्ला शिक्षा कार्यालय
प्राविधिक शिक्षालयहरु
क्र. सं.
शिक्षालयहरुको नाम
पढाई हुने विषय
शिक्षक संख्या
विद्यार्थी संख्या
कैफियत
तानसेन नर्सिड्ड स्कूल
स्टाफ नर्स
१०
९०
पाल्पा टेक्नीकल इन्स्टिच्यूट
सि. एम्. ए.
१०
२७
अ. न. मी.
३४
ल्याव
१८
lसिद्धार्थ मल्टी टेक्नीकल इन्स्टिच्यूट
भेटेनरी जे. टी. ए.
११
२१
ओभरसियर
२६
श्रोत: संवन्धित शिक्षालयहरु
स्वास्थ्य सेवा :–
स्वास्थ्य सेवा तर्फ यो जिल्ला अन्य पहाडी जिल्लाको तुलनामा निकै सुगम र अगाडी पर्दछ । यस जिल्लामा रहेको यूूनाईटेड मिशन अस्पतालले लामो समय देखि पश्चिमाञ्चल तथा मध्यपश्चिमाञ्चल क्षेत्रका जनतालाई सेवा पुर्‍याउदै आईरहेको छ ।
स्वास्थ्य सेवा विवरण

क्र. सं.
संस्थाको किसिम
संख्या
वेड संख्या
चिकित्सक संख्या
स्वास्थ्यकर्मी
कैफियत
kfNkf c:ktfn
१५
१४
k|fylds :jf= s]=
२७
:jf:Yo rf}sL
३६
pk:jf:Yo rf}sL
५३
१५९
ld;g c:ktfn
२०
१६२
cfo’j]{lbs cf}ifwfno
cf“vf c:ktfn
२२
kl/jf/ lgof]hg ;+3
हुलाक सेवा :–
यस जिल्लामा एक जिल्ला हुलाक, १३ वटा ईलाका हुलाक र ५२ वटा अतिरिक्त हुलाक कार्यालयवाट सवै गा. वि. स. मा हुलाक सेवा पुगेको छ ।
संचार सेवा :–
यस जिल्लामा २०६२ असारसम्म २१९९ टेलीफोन र मोवाईल फोन २१० लाईन जडान गरी नेपाल दूरसंचार संस्थानले पुर्‍याएको छ । जिल्ला सदरमुकाम तानसेनका अतिरित्त: २५ वटा गाउ विकास समितिहरुमा टेलीफोन सेवा उपलव्ध गराईएको छ ।
विद्युत तथा उर्जा :–
हालसम्म यस जिल्लाको ४६ वटा गा. वि. स र तानसेन नगरपालिका समेत गरि १४६८९ घरधुरीले विद्युत उपयोग गर्ने अवसर पाईरहेका छन् । यस जिल्लामा हालसम्म १९२१ गोवर ग्यांस प्लान्ट जडान भई सकेका छन् ।
यातायात :–
यातायातको दृष्टिकोणले पनि अन्य पहाडी जिल्लाको तुलनामा यस जिल्ला सुगम मान्न सकिन्छ । सिद्धार्थ राजमार्ग चिडियाखोला देखि राम्दी सम्म ५९ कि. मी. वर्तुड्ड तानसेन ४ कि. मी. र तानसेन – रीडी ३० कि. मी. कालोपत्रे सडक छ । ग्राभेल भएको र मोटर चल्न सक्ने माटेसडकहरुमा हार्थोक – छहरा तिनगीरेसम्म २४ कि. मी. आर्यभञ्ज्याड्ड रामपुर – ५० कि. मी. वासटारी झडेवा २४ कि. मी. कच्ची, सुन्दरे ढुड्डा सालझण्डी – २२ कि. मी. निर्माणाधिन, चिलाड्डदी – खानीगाउ – राम्दी ५ कि. मी. खस्यौली देउराली मनभाग ७ कि. मी. मोटर चल्न सक्ने र वांकी भाग निर्माणाधिन रहेको पाईन्छ । यसैगरुी हुमीन – देवीनगर ५ कि. मी. पनि रहेको छ । पाल्पा जिल्लामा हालसम्म ४७ गा. वि. स. लाई पक्की र कच्ची मोटर वाटोले जोडेको छ ।
karuwa(1)उद्योग व्यापार तथा व्यवसाय :–
पाल्पा जिल्ला ढाका कपडा र करुवा उद्योगले प्रसिद्ध भएको जिल्ला हो । व्यापारीक दृष्टिकोणले होटल तथा पर्यटन व्यवसायको क्षेत्र पनि राम्रो रहको छ । यहाँका ढाका कपडा र करुवा वाहिर जिल्लामा समेत निर्यात हुने गरेको पाईन्छ । यस जिल्लाका अन्य व्यापारिक केन्द्रहरुमा रामपुर, हार्थोक, आर्यभञ्ज्याड्ड, ताहूँ, छहरालाई पनि लिन सकिन्छ ।
पर्यटन तथा ऐतिहासिक क्षेत्र :–
यस जिल्लाको पर्यटन प्रवर्धनको दृष्टिकोणले उपयुक्त क्षेत्र र तिनका विशेषताहरु तल प्रस्तुत गरिएको छ ।
१. तानसेन : जिल्ला सदरमुकाम, वाणिज्य केन्द्र, सांस्कृतिक केन्द्र, प्रख्यात ढाका कपडा र करुवाका उद्योगहरु ।
२. रिडी : प्रसिद्ध धार्मिक तथा तिर्थस्थल ।

३. रानीघाट : ऐतिहासीक दरवार र पवित्र तीर्थस्थल क्षेत्र ।
४. राम्दीघाट : तीर्थस्थल ।
५. भैरवस्थान : प्रसिद्ध धार्मिकस्थल कालभैरवको मन्दिर र एसियाकै सवैभन्दा ठूलो त्रिशुल रहेको स्थान ।
६. श्रीनगर : पुरातात्विक एवं रमणिय पर्यटक स्थल क्षेत्र ।
७. नुवाकोट गढी : ऐतिहासिक स्थल ।
८. सत्यवती ताल : धार्मिकम स्थल ।
९. रिव्दीकोट : रमणीय एवं पुरातात्विक स्थल ।
१०. क्रृषीकेशव (अर्गली) : क्रृषिकेशवको प्रसिद्ध मन्दिर ।
११. रम्भादेवी (ताहु) : रम्भादेवीको प्रसिद्ध मन्दिर धार्मिक स्थल ।gufa achammeswor
राजनैतिक विभाजन :–
निर्वाचन क्षेत्र – २
गा. वि. स. – ६५
इलाका – १३
नगरपालिका – १
इलाका विवरण :– 
ईलाका नं. १ – गाडाकोट, झिरुवास, वाकामलाड्ड, मित्याल, सहलकोट
ईलाका नं. २ – अर्चले, खालीवन, गल्धा, रामपुर, दर्छा, सिलुवा
ईलाका नं. ३ – गेझा, फोक्सिड्डकोट, वीरकोट, हुंगी, हेक्लाड्ड
ईलाका नं. ४ – जल्पा, ज्यामिरे, देवीनगर, वहादुरपुर, रहवास, रिड्डनेरह
ईलाका नं. ५ – चिदिपानी, ताहु, पीपलडांडा, हुमिन
ईलाका नं. ६ – कसेनी, कोलडाडा, गोठादी, झडेवा, रुप्से
ईलाका नं. ७ – खानीगांउ, खानीछाप, चाप्पानी, चिर्तुड्डधारा, दर्लमडांडा, नायरनमतलेस, पोखराथोक, वराड्डदी, यम्घा
ईलाका नं. ८ – तेल्घा, दोभान, मदनपोखरा, मस्याम
ईलाका नं. ९ – खस्यौली, ता. न. पा., देउराली, वन्दिपोखरा, भैरवस्थान
ईलाका नं. १० – अर्गली, ख्याहा, वौघापोखराथोक, सोमादी, वौघागुम्हा
ईलाका नं. ११ – छहरा, भुवनपोखरी, मुझुड्ड, सिद्धेश्वर
ईलाका नं. १२ – कुसुमखोला, ठिमुरे, पालुड्डमैनादी, फेक
ईलाका नं. १३ – कचल, जुठापौवा, वल्ढेड्डगढी, सत्यवती
स्वास्थ्य सेवाको लक्ष्य र निती :–
उद्देश्य :– 
ड्डजनताको स्वास्थ्य सम्वन्धी अधिकारलाई मानव अधिकारको अति महत्वपूर्ण अंगको रुपमा स्विकार्दै प्रतिकारात्मक, प्रवद्र्धनात्मक, उपचारात्मक, पुनस्र्थापनात्मक तथा परिवार नियोजन सम्वन्धी सेवाहरुको विद्यमान पूर्वाधारहरुलाई सवल वनाई जनताको स्वास्थ्य स्थितिमा वोधगम्य सुधार ल्याउने ।
ड्डस्वास्थ्य सेवाको विकास र विस्तारवाट जनसाधारणको स्वास्थ्य स्तरमा सुधार ल्याउने, स्वास्थ्य सम्वन्धी सेवा तथा परिवार नियोजनको माध्यमवाट सानो परिवारको अवधारणालाई व्यापक वनाई जनसंख्या वृद्धिदरमा कमी ल्याउने ।
ड्डश्रम वजारमा जाने जनताको क्षमतामा अभिवृद्धि गर्न स्वस्थ श्रम शक्ति तयार गरी आय आर्जनको वृद्धिवाट गरिवी निवारण गर्नमा सहयोग पुर्‍याउने ।
 
लक्ष्य :– 
क्र. सं.
स्वास्थ्य सूचक
.       
शिशु मृत्युदर (प्रति हजार)
.       
वाल मृत्युदर (प्रति हजार)
.       
कुल प्रजनन दर (प्रति महिला)
.      
औषत आयु (वर्षमा)
.       
मातृ मृत्युदर (प्रति लाख जिवित जन्ममा)
.       
परिवार नियोजन प्रयोगकर्ता %
.       
तालिम प्राप्त जनशक्तिवाट प्रसुति सेवा (%)
.      
चारपटक जाच गराउने गर्भवती महिलाहरु (%)
.      
२५०० ग्राम भन्दा कम तौलको जन्म (%)
१०.  
कोरा मृत्युदर (प्रति हजार)
११.   
कोरा जन्मदर (प्रति हजार)
१२.   
रक्तअल्पता हुने गर्भवती महिलाको (%)
१३.   
आवश्यकिय स्वास्थ्य सेवाको उपलव्धता (%)
शितलपाटी र एसियाको सबैभन्दा ठूलो काठको ढोका :

shitalpatiपाल्पाको सदरमुकाम तानसेनको मुटुमा रहेको शितलपाटी पाल्पाका तत्कालीन तैनाथवाला हाकिम खड्ग शमसेरद्धारा हावा खान र सैनिक जमघट गराउन वि.सं. १९५० मा शितलपाटीको निर्माण गराएका थिए । त्यहि समयमानै शितलपाटीसागै खड्ग शमशेरद्धारा निर्मित काठको विशाल मूलढोकालाइृ काठबाट निर्मित एसियाकै विशाल ढोका मानिन्छ ।

गाईजात्रा र भगवतिजात्रा :

यो जात्रा भाद्र कृष्ण प्रतिपदाका दिन सुरु भई सात दिनसम्म चल्दछ । यो चाड नेवार समुदायले वर्ष दिनमा मरेकाहरुको मुक्तिका लागि मनाउने चलन छ । यस दिन गएको वर्षमा आफ्नो परिवारबाट कसैको मृत्यु हुनेले गाई सिंगारेर जात्रामा ल्याउनु पर्नेहुन्छ । भगवती जात्रा नेपालकै ठूलो जात्रामा पर्दछ ।Amar Narayan Mandir temple in Tansen

भैरवस्थान मन्दिर :

bhairaw sthan palpaपाल्पाको सदरमुकाम तानसेनदेखी पश्चिममा भैरवको मन्दिर रहेको छ जहाा टाढा–टाढाबाट भक्तजनहरु दर्शनको लागि आउने गरेकाछन् । एशियाको सबैभन्दा ठूलो त्रिशुल यस मन्दिरमा रहेको छ ।

 

नेपालको ताजमहल रानीघाट

सच्चा प्रेमको प्रतिक ठानिने रानिमहल १९५० सालमा पाल्पा गौडाका तैनाथवाला पश्चिम तर्फका प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत रानि तेजकुमारीको सदिक्षा र सम्झनामा निर्मित दरबार अहिलेसम्म पुरानै स्वरुप पुरानै शैलि पुरानै अवस्थामा छ ।

१९५० सालमा शिलान्यास गरि १९५४ सालमा कालि नदि उत्तर हानिने मोडमा बिशाल चट्टान माथि पश्चिमिकला कैशलको बेजोड नमूनाले सिंगारेर निर्माण कार्य पूरा गरेका थिए । ४ वर्षको अवधिमा महत्वपूर्ण फर्निचर, महागा महागा सजावटका सामाग्रीले भरिपूर्ण कोठामा एक्लै रात बिताउादा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवंगत रानिलाई सम्झादै भावविह्वल हुादै मध्यरातमा रुादै चिच्याउाथे भन्ने पनि गरिन्छ । १९६० सालमा खड्ग समशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने सड्यन्त्र गर्‍यो भन्ने श्री ३ चन्द्र समशेरले थाहा पाए । चन्द्र शमसेरले पाल्पामा सेना पठाइ तैनाथि आफ्नो हातमा लिए । आफुमाथि खतराको घण्टि बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटि लिएर उनि भारत पलायन भए । त्यसै दिनदेखि प्रेमको प्रतिक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ ।ranimahal

 

पश्चिमि कला कैशलाको बेजोड नमूनाले निर्मित दरबारबाट निर्माता छुट्टिएपछि दरबारमा रहेका सबै सामाग्रिहरु एकपछि अर्को गरि सबै हराउादै गए भनि २०४३ सालमा आएको विनासकारी हावाहुरीले दरबारलाई छेदविच्छेद बनाइदियो भने लामो समयसम्म खण्डहरमा परिणत भएको दरबार २०५३/५४ सालमा पूनर्निमाण भयो तर अहिलेसम्म पर्यटनको नाममा सरकारी निकाय, गैरसरकारी संस्था, सबैलाई भजाउने प्रमुख स्रोत बन्न पुगेको छ दरबार । स्याङ्जा र पाल्पाको सिमानामा पर्ने यो दरबारलाई स्याङ्जाबाट झ्वाट्ट हेर्दा कालिगण्डकी माथि तैरिएजस्तो देखिन्छ । खड्ग शमसेरले रानिको सम्झानामा रानिकमात्र बनाएनन् दरबारको मूल ढोकाबाट ढुङ्गा र इट्टाबाट बनाइएका सुनदर खुड्किला तल नदिसम्म जोडिएको छ । त्यससमयमा तिर्थ यात्राको प्रमुख गन्तव्य मुक्तिनाथ जाने बाटो त्यहि भएकोले मुक्तिनाथ आवत जावत गर्नेहरुका लागि बासस्थानको व्यवस्थाको लागि पौवा निर्माण गराए तर त्यो पौवाको अहिले कुनै पनि निसानानै भेटिंदैन । महत्वपूर्ण स्थानमा महत्वपूर्ण वस्तु निर्माण गरेर सबैका लागि र सधैका लागि छाडेकोदरबार १ दिनमात्र भिड लागने दरबार परिशर अन्य दिनहरुमा भने सुनसान हुने गर्दछ ।

rani mahal
रानीघाट दरबार

प्रेम दिवसको अवसरमा नेपालका सहर बजारबाट मात्रै नभइ कुना कुनाबाट आफ्नो प्रेमलाई थप सफलताको शिखरमा पुर्‍याउन सकियोस् भन्ने उद्देश्यले यहि दरबारलाई साछि राखेर प्रतिक्षा गर्ने युवा युवतिको बाक्लो भिड लाग्ने गर्दछ भने दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अजर अमर रहने जन विश्वास भएकोले भित्तामा आफ्नो नाम लेख्नेहरुको निकै होडबाजी पनि चल्ने गर्दछ । पाल्पाको परिचय दिंदा, सभा गोष्ठी, क्यालेनडर, पुस्तकको आवरण लोगो व्यापारिक प्रतिष्ठान आदिमा राम्रै स्थान जमाउन सफल र यहाा घुम्न आउने स्वदेशि विदेशि पर्यटकका क्यामरा मोबाइलमा कैद हुने दरबार, दरबार निर्माता पाल्पाबाट पलायन सागसागै पर्यटकिय महत्व बोकेको दरबार अहिले पूर्णरुपले व्यवहारिसे बनेको छ । प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डेलाई संसार भरका युवा युवतिले नया नयाा रमणीय स्थानमा पुगेर मनाइ रहादा उत्तरवाहिनी कालिगण्डकी किनारमा रहेको पाल्पाको रानीमहल भने कालिगण्डकीलाई नियाल्दै एक्लै टोलाई रहेको छ ।

प्रतिकृया दिनुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s